सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएको छ । उहाँले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गर्नुभएको हो । निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले आठ हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी पासवानले सात हजार ८३ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले)का प्रकाश महासेठले छ हजार आठ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो ।