कात्तिक २९ नेपाल । अपराधीक पृष्ठका मानिस प्रहरी भवन पुनर्निर्माण कार्यमा संलग्न नगराउन जिल्ला प्रहरी कार्यालय कास्कीको प्रेस बिज्ञप्ती जारी गरेको छ। जारी प्रेस बिज्ञप्तीमा भनिएको छ
´भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा कास्की जिल्ला अन्तर्गतका बिभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी, लुटपाट जस्ता आपराधिक आक्रमण भएको सर्वविदितै छ । यस प्रकारका आपराधिक घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान एवं पहिचान गरी पक्राउ तथा कानूनी कारवाही गर्ने कार्य निरन्तर जारी रहेकै छ | यसै सन्दर्भमा क्षतिग्रस्त प्रहरी कार्यालयहरूको पुनर्निर्माण कास्की जिल्ला स्थित विभिन्न संघ-संस्था, स्थानीय तह र सर्व-साधारण नागरिकको व्यापक सहयोगबाट प्रारम्भिक पुनर्निर्माण भई उल्लेखिय सेवा प्रवाह भई रहेकै अवस्थमा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रत्यक्ष संलग्न व्यक्तिहरू स्वयं प्रहरी भवन पुनर्निर्माण अभियानमा जुट्ने भन्दै आर्थिक सहयोग जुटाउन जोडिएको भन्ने बुझिन आएको हुँदा यस प्रकारका गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु प्रहरी भवन पुनर्निर्माणमा संलग्न रहदा जनमानसमा नकारात्मक सन्देस प्रवाह हुने र नेपाल प्रहरी संगठनको गरिमामा समेत आँच आउने हुँदा यस प्रकारका आपराधिक घटनामा संलग्न जो कोही व्यक्ति प्रहरी भवन पुनर्निर्माण वा अन्य प्रकारका सहयोगमा अवद्ध नहुँन हार्दिक अनुरोध गरिन्छ। जिल्ला प्रहरी कास्की द्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ।
