२०८२ कात्तिक १२ नेपाल । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले देहाय बमोजिमका विशेषता एवं शर्तहरु कायम गरी १७५ दिनको लागि निक्षेप खिच्ने सूचना जारी गरेको छ ।
(१) उपकरणको नाम:निक्षेप संकलन ।
(२) आह्वान रकम; रु.४० अर्व (चालिस अर्व रुपैयाँ मात्र)।
(३) बोलकबोल मिति: २०८२ कात्तिक १२ गते मध्यान्ह ३:०० बजेसम्म Online Bidding System Software मार्फत मात्र बोलकबोल हुने ।
(४) व्याजदर: बोलकबोलको माध्यमबाट निर्धारण हुने ।
(५) साँबा तथा ब्याज भुक्तानी मिति: २०८३ बैशाख ९ गते ।
(६) बोल गर्न सकिने रकम: घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म ।
(७) धितो सम्बन्धी व्यवस्था: यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने ।
(८) निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ। वहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
(९) निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
(१०) निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र व्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
(११) निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफांड गरिनेछ ।
(१२) समान व्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
(१३) आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोवार सञ्चालन समितिलाई रहनेछ ।
(१४) स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।
(१५) वोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
(१६) निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित व्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
(१७) निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।
(१८) संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फितां भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन । विस्तृत जानकारीका लागि यस विभागको फोन नम्बर ०१-५७१९६५९, EXT NO: २८३३, २८३६ मा सम्पर्क गर्न सकिनेछ ।
