दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित हुनुभएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो । —