नेकपा (एमाले)का नेता रोशनबहादुर गाहा गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । गाहाले १७ हजार आठ सय २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भुर्तेल ले १४ हजार एक सय १० मत प्राप्त गर्नुभएको छ । पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(२)मा ६७ हजार छ सय ४६ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४५ हजार एक सय २९ रहेको थियो । यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पदमा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसक्नुभएको छ भने प्रदेशसभा १ को १ मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी हुनुभएको छ । प्रतिनिधिसभातर्फ दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ ।—