२०८१ चैत्र १६ काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना जरिवाना पत्र काटेको छ् । चैत्र १५ गते काठमाडौंको कोटेश्वर तिनकुने एरियामा दुर्गा प्रर्साई कमान्डर रहेको राजावादीहरुको आन्दोलनको कार्यक्रम रहेको थियो। सो कार्यक्रममा राजावादीले सार्वजनिक स्थलमा फोहोर गरेको, फुल भाचेको,रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेको भन्दै काठमाडौं महानगरपालिका द्वारा सो आन्दोलनको मुख्य कमान्डर पुर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै जरिवाना पत्र काटेको छ ।

के आन्दोलनको नेतृत्व पुर्व राजा ज्ञानेन्द्र शाहले गरेका थिए ? कोटेश्वर तिनकुनेको आन्दोलनको नेतृत्व भौत्तिक रुपमा दुर्गा प्रर्साई, रविन्द्र मिश्र, धवल शमशेर राणा लगाएतको रहेको थियो। आन्दोलनको मुख्य कमान्डर दुर्गा प्रर्साई थिए ।

राजावादीको आन्दोलनमा पुर्वराजा ज्ञानेन्द्र शाहको समर्थन ऎक्यबद्दता रहेको आधिकारिक कुनै प्रमाण भेटिदैन। तर काठमाडौं महानगरपालिकाले जरिवाना पत्र दुर्गा प्रर्साईलाई काट्न छोडेर पुर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेर किन काट्यो ?

काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र पुर्वराजा ज्ञानेन्द्र शाहले स्वीकार गरेर जरिवाना तिरे आन्दोलनको जिम्मेवार ब्यक्ति पुर्वराजा ज्ञानेन्द्र शाह हुनेछन् ।

काठमाडौं महानगरपालिका द्वारा पुर्वराजा ज्ञानेन्द्र शाहलाई काटेको जरिवाना पत्रमा यस्तो लेखिएको छ।

´श्री ज्ञानेन्द्र शाह
निर्मल निवास, काठमाडौँ ।
विषय : जरिवाना सम्बन्धमा ।´प्रस्तुत विषयमा मिति २०८१ चैत्र १५ गतेका दिन काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सो क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेवापत रु.४०,०००/०० र तिनकुने आईल्याण्डमा तोडफोड गरेवापत रु.२३,०००/०० गरि जम्मा रु ६३,०००/०० अक्षरुपी (त्रिसठ्ठी हजार) मात्र जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ`।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.