२०८१ चैत्र ८ काठमाडौं । केपि शर्मा ओलिले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका बिषयमा टेलिफोनमा कुराकानी गरेको आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन। प्रधानमन्त्रीले पोस्ट गर्दै लेखेका छन् :
´हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका विषयमा आज टर्कीका महामहिम राष्ट्रपति रेसेप तय्यिप इर्डोगनसँग टेलिफोनमा कुराकानी भयो। महामहिमले रिहाइका लागि आफूले गम्भीर तवरले पहल गर्ने बताउँदै विपिनको परिवारलाई पनि यस विषयमा जानकारी दिन आग्रह गर्नु भयो । विपिन जोशीको रिहाइका लागि यसअघि इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग पनि टेलिफोन मार्फत कुराकानी भएको थियो`।

← Back

Thank you for your response. ✨