२०८१ चैत्र १ काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चैत १ गते छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले बढेको छ् ।

तोलामा ४ हजार बढे सगै १ लाख ७४ हजार ५०० रुपैयाँ कायम हुन आएको छ । पछिल्लो समयमा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रप्प निर्वाचित भए सगै अमेरिकी डलर र सुनको मूल्य निरन्तर वृद्धि हुँदै आएको छ् ।