२०८० चैत ९ काठमाडौं । राष्ट्रिय गौरवका आयोजना सप्पन्न गर्ने काम ढिलो हुने गरेकोमा सिन्धुली सुनकोशी मरिण डाइभर्सन आयोजना भने छिट्टै ब्रेक थ्रु गरिने आयोजना कार्यकारी प्रमुखले जानकारी दिएका छन ।
प्रविधिको प्रयोग गरेर सुनकोसी मरिण डाईभर्सले १२ किलो मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भैईसकेको आयोजना प्रमुखले जनाएका छन । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सिन्धुलीको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण डेढ वर्षमै ९० प्रतिशत भन्दा धेरै काम सम्पन्न भैईसकेको छ । उक्त सुरुङ २०७९ असोज २८ गतेदेखि टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्न थालिएको थियो ।
सिन्धुलीको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हाल (बिहीबार राति) सम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थु्र गर्ने तयारीमा छौं,’ आयोजना प्रमुखले बताएका छन ।