२०८० चैत ९ काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले आदेश दिएको छ । लगत्तै सरकारी वकिल कार्यालयको आदेश बमोजिम हाजिरी जमानतमा महरालाई छाडिएको नेपाल प्रहरी श्रोतले जनाएको छ ।

कृष्णबहादुर महरासग बयान लिने काम सकेर हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको श्रोतले बतायो । महरा लामो समय देखि अस्वस्थ बिरामी समेत छन । स्वास्थ्य अवस्थाको कारण कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको विशेष श्रोतले जनाएको छ ।

Error: Contact form not found.