२०८० फागुन १७ काठमाडौ । फागुन १४ गते लघुबित्त पीडितहरु संसद भवन भित्र जबर्जस्ती प्रवेश गरेर नारावाजी जुलुस गरेपछी नेपाल प्रहरीले सुरक्षाको कारण देखाउदै सिंहदरबारको दक्षिण गेट राष्ट्रिय अनुसन्धान बिभागको छेउ, पुर्वी गेट आसपास फुटपाथमा हिँड्न निषेध लेखिएको बोर्ड डोरीमा झुण्याएर राखेको थियो । उक्त निषेध लेखेर झुण्ड्याएको बोर्ड र डोरी आज बाट प्रहरीले हटाएको छ । प्रहरीले बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी पनि हटाएको छ ।
फुडपाथामा हिडन लगाएको रोक प्रति आलोचना भएपछि बुधबार साँझ देखि प्रहरी टोलीले ती क्षेत्रहरुबाट डोरी हटाएको छ ।