२०८० फागुन १६ काठमाडौं । सन २०२३ को “बैंक अफ दि इयर-२०२३ ” काे अवार्ड जित्ने प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने तत्कालीन सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा पक्राउ परेका छन् । उनी सहित अन्य ९ जना पनि पक्राउ परेका छ्न ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरुलाई न्यौपाने सहित अन्य ९ जनालाई हिजो काठमाडौको विभिन्न ठाउँ बाट पक्राउ गरेको समाचार प्रकासित छ्न ।
पक्राउ पर्नेमा सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम पनि छन् । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको समाचार छ्न।
तत्कालीन सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा कर्जा प्रवाहमा कमसल धितो राखेर ऋण प्रवाह गरेको पाइएपछि मनोज न्यौपानेलाई पक्राउ गरिएको हो । सेन्चुरी बैंक प्रभु बैंक सग गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा नियुक्ति भएका थिए ।
प्रभु बैंक (prvu) ले बेलायतको लन्डनबाट प्रकासित हुने फाइनान्सियल टाइम्स पत्रिका “दि बैंकर” बाट सन् २०२३ को “बैंक अफ दि इयर” काे अन्तर्राष्ट्रिय स्थरको संमान उपाधी प्राप्त गरेको समाचार छ ।