२०८० पौष ६ काठमाडौ । नेपाली सेयर लगानीकर्ता सेयर कारोबार गर्दा ब्रोकर अफिसलाई महँगो कमिसन तिर्न बाध्य भएका छन । ब्रोकर अफिसले घाटामा सेयर बेच्दा पनि कमिसन र नाफामा सेयर बेच्दा नाफाको समेत जोडेर कमिसन लिने गरेको देखिन्छ । अर्को एउटा् अनौठो अप्राकृतिक जस्तो देखिने अर्थसाश्त्रको गणितीय नियम बिपरित नेपालमा एउटै ब्रोकर अफिसले सेयर किनिदिन र सेयर बेचिदिन पाउने नीति नियम निमायक निकायले ब्रोकर अफिसलाई दिएको छ । जुन अफिस बाट सेयर किन्यो उसै बाट सेयर बेच्दा दोहोरो कमिसन पाउने सुविधा निमायक निकायले ब्रोकर अफिसलाई दिदै आएको छ । अर्को तिर नेपाली सेयर लगानीकर्ता भन्दैछन ´५/१० रुपैया बढदा सेयर कारोबार गर्नु पर्यो भने ५/१० रुपैया ब्रोकरलाई कमिसन तिर्दा ठिक्क हुन्छ भन्दैछन। नेपालमा सेयर कारोबार गर्दा तिरीने ब्रोकर कमिसन एसियाकै सवैभन्दा महँगो छ` भन्छन सेयर लगानीकर्ता । सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन धेरै पहिला देखि आन्दोलन गर्दै आएका छन तर निमायक निकाय नेप्से सेवोनले ब्रोकर कमिसन घटाउने बिषय लाई कुनै चासो दिएको पाईदैन । ब्रोकर कमिसन घटाउने काम भएको पाईदैन । आखिर किन यस्तो भैईरहेको छ ? ब्रोकर अफिस, नेप्से र सेवोनका प्रमुख बिच ब्रोकर कमिसन घटाउने बिषयमा किन कुरा मिलिरहेको छैन ? ब्रोकर अफिस सेवोन नेप्से बिच मितेरी साईनो केही छ कि ?
नेपालका ब्रोकर अफिसले लगानीकर्ताबाट प्रत्येक कारोबारबापत कारोबार रकमको ०.२५% देखि ०.६% प्रतिशत सम्म कमिसन बापत सेयर लगानीकर्ता सग सेयर कारोबार गरे बापत रकम लिदै आएको देखिन्छ।
नेपालमा शेयर कारोबार गर्दा लगानीकर्ताले पचास हजार रुपैयाँसम्मको काराेबारका लागि ०.६० प्रतिशत, पचास हजार भन्दा माथि पाँच लाख रुपैया सम्मको काराेबारमा ०.५५% र पाँच लाखदेखि बिस लाख रुपैया सम्मकाे कारोबारमा ०.५०% सम्म कमिसन तिर्न बाध्य भएका छन् ।
यसैगरी, बिस लाखदेखि एक करोड रुपैया सम्मकाे काराेबारमा ०.४५% रकम लगानीकर्ताले कमिसनबापत तिर्न बाध्य छन् । यसै मध्ये बाट नेप्सेले २०% र नेपाल धितोपत्र बोर्डले ०.६०% लिने गरेको बुझिन्छ ।