७९ चैत्र १३ काठमाडौं । कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एकीकृत (मा.के.) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न प्रस्ताव गरेको भनेर बाहिर आएका हल्ला भनाईहरु निराधार कपोलकल्पित भ्रामक हुन भनेका छन् । नेपाली काङ्ग्रेसका माहामुन्त्री गगनकुमार थापाले भने मलाई केही काङ्ग्रेसका साथीहरुले भ्रम र दुबिधामा पार्नुभएको जस्तो लागेको छ, अहिलेसम्म कोहिकसैले मलाई बोलाएर केही अर्थमन्त्री बन भनेका छैनन् भन्ने कुरो बताउनुभयो । अर्थमन्त्री बन्न प्रस्ताव पनि आएको छैन । नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै महामुन्त्री गगनकुमार थापाले भने । बाहिर बजारमा फेरी अर्थमन्त्री बन भन्दा पनि आफू नबनेको होला , मलाई अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव आएको थाहा नै छैन भने।

थापाले भने आफूलाई आजको दिन सम्म गोप्य रूपमा बोलाएर अर्थमन्त्री बनाउने विषयमा सल्लाह गरेको छैनन् भन्ने कुरा बताए । उनले भने आफ्नो हालको प्राथमिकता कांग्रेसलाई कसरी अरु भन्दा बलियो पार्टी बनाउन सकिन्छ भन्ने रहेको छ भने । काङ्ग्रेस पार्टी अरु भन्दा बलियो बनाउन, संगठन बलियो बनाउन तल्लीन छु भन्ने कुरा बताए, अब केही समयपछि काङ्ग्रेस पार्टीले देशभर पार्टी संगठन सुधृण अभियान सुरु गर्नेछ। नेपाली काङ्ग्रेस पार्टीको सदस्यता ब्यापक बृद्धि गर्छ भने।