प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो । परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्र्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्र्याक्टर, केउरेनी किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, सिर्जनशील किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, शिवालय बहुउद्देश्यीय कृषि तथा पशुफर्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, नवज्योति किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, आस्ना नमुना कृषि तथा पशु फार्म, दिक्तेललाई एक थान हाते ट्र्याक्टर, सम्पूर्ण बहुउद्देश्यीय कृषि तथा पशु फार्म, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, निर्मला बहुउद्देश्यीय कृषि तथा पशु फार्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, घिमिरे टनेल कृषि फार्म, खोल्लेलाई एक थान हाते ट्र्याक्टर र समावेसी कृषि तथा पशुपक्षी फर्म, नेर्पालाई एक थान हाते ट्र्याक्टर वितर।रासस
