साउन १३ नेपाल ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB ले ठूलो रकमको हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

ब्यूरोलाई प्राप्त गोप्य सूचनाको आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङका राजेन्द्र प्रसाद रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी ठूलो रकमको हुण्डी कारोबार गरेको खुलेको हो।

के छ विवरणमा ?
• पक्राउ पर्ने: धादिङ, सत्यदेवी-८ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल
• पक्राउ स्थान: काठमाडौं, नागार्जुन नगरपालिका-८, राधाकृष्ण मन्दिर क्षेत्र
• कारोबार रकम: रु. १,८९,६५,३९,४५१/- अर्थात् एक अर्ब उनान्नब्बे करोड पैसट्ठी लाख उनान्चालीस हजार चार सय एकाउन्न रुपैयाँ
• पक्राउ मिति: २०८३/०४/१२ गते काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिई पक्राउ गरिएको

प्रहरीका अनुसार रिजालले व्यक्तिगत खाता प्रयोग गरेर हुण्डीको माध्यमबाट उक्त रकम कारोबार गरेको देखिएको थियो। पक्राउपछि थप अनुसन्धान कार्य जारी रहेको CIB का प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर ज.ब.रा. ले जानकारी दिनुभयो।