साउन१३ नेपाल ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT अन्तर्गत जिरी प्राविधिक शिक्षालयले विशेष छात्रवृत्ति अन्तर्गत डिप्लोमा तहका केही सिटमा भर्नाको लागि आवेदन माग गरेको छ।

परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८३/०३/२३ मा प्रकाशित गरेको नतिजामा मुख्य सूचीमा नाम आएका उम्मेदवारहरु तोकिएको मितिभित्र भर्ना नभएपछि केही कोटा रिक्त भएको हो। त्यसैले २०८३/०३/०६ मा सूचना प्रकाशित गरी भर्ना आह्वान गरिएको थियो। तर पनि २०८३/०४/१२ सम्मको समय दिएर पनि मुख्य उम्मेदवार नआएपछि अहिले वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुलाई मौका दिइएको छ।

कुन कार्यक्रममा कति सिट खाली ?
क्रमकार्यक्रमदलित कोटाविपन्न कोटाजम्मा रिक्त सिट
१ डिप्लोमा सिभिल इन्जिनियरिङ १ – १
२ डिप्लोमा फार्मेसी २ १ ३
महत्वपूर्ण कुरा
• आवेदन दिने अन्तिम मिति: २०८३/०४/१७ भित्र
• कसरी आवेदन दिने: शिक्षालयले प्रकाशन गरेको वैकल्पिक सूचीको क्रम संख्या अनिवार्य उल्लेख गरी jtsexam@gmail.com मा इमेल पठाउनुपर्ने
• थप जानकारी: ०४९-४०००६३, ९८४०४५०६३

शिक्षालयका अनुसार योग्य र इच्छुक वैकल्पिक उम्मेदवारहरुले तोकिएको समयभित्र सम्पर्क गर्नुपर्नेछ।