साउन ९ नेपाल ।

लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय, अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा बाली जोगाउनका लागि २६ जना बाँदर हेरालु नियुक्त गरेको छ।

कार्यालयले मिति २०८३/०४/०६ गते प्रकाशित गरेको सूचनाअनुसार जिल्लाभित्रबाट प्राप्त ६४ वटा निवेदनमध्ये उमेरको हद, वडाको सिफारिस र बाँदरबाट प्रभावित क्षेत्रलाई आधार मानेर छनोट गरिएको हो। मिति २०८३/०४/०९ गतेको निर्णय अनुसार छनोट भएका २६ जनालाई २ महिनाका लागि नियुक्त गरिएको कार्यालयले जनाएको छ।

कहाँ-कहाँ खटिए?
छनोट भएका हेरालुहरूलाई बेहोर, झेंडिडिमर्ना, तुमकोट, गाडसाल, फूलबारी, सनपा, नेपालचौर, खाबडाँडा, छत्रदेव, भुवनपोखरा, गैरागोठ, ढिके, सुरसिंड, पाणिनि, मालारानी, रोकाचौर, कुमिन्डे लगायतका क्षेत्र तोकिएको छ।

छनोट भएका केही नामहरू:
करन नेपाली, चन्द्रमान श्रेष्ठ, दिपक कुमार श्रेष्ठ, कमल बहादुर केसी, सन्तोष राना, सूर्य बहादुर नेपाली, रोशन आचार्य, प्रकाश श्रेष्ठ, राम बहादुर खड्की, नारायण बहादुर भाट क्षेत्री, मिलन पौडेल, माधव बन्जाडे, कृष्ण प्रसाद खनाल, निमानन्द खनाल, तिलक बन्जाडे, द्रोण प्रसाद भुसाल, बल बहादुर कामी, कृष्ण प्रसाद घिमिरे, गोविन्द पोखरेल, तुलसीराम पोखेल, सुमन गाहा मगर, मुक्तिराम घिमिरे, भक्तिराम भुसाल, बिन बहादुर कामी, कृष्ण नेपाली र नविन नेपाली रहेका छन्।

बालीमा बाँदरको दुःख बढेपछि किसानको मागको आधारमा अस्थायी रूपमा यो व्यवस्था गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ।