साउन ७ नेपाल ।
ललितपुर बार एसोसिएसनले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। एसोसिएसनले इच्छुक अधिवक्ताहरुका लागि मिति २०८३।०४।१० देखि २०८३।०४।१७ गतेसम्म ८ दिने तालिम आयोजना गरेको हो।
एसोसिएसनका सचिव अधिवक्ता चन्द्र प्रसाद गुरागाईले मिति २०८३।०४।०७ मा सूचना जारी गर्दै तालिममा सहभागी हुन चाहनेले मिति २०८३।०४।०९ गते कार्यालय समयभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाएका छन्।
तालिम सम्बन्धी जानकारी:
• स्थान: ललितपुर बार एसोसिएसन हल, लगनखेल
• मिति: २०८३।०४।१० गतेदेखि १७ गते सम्म
• समय: बिहान १०:० बजेदेखि ५ बजे सम्म
• तालिम शुल्क: रु १०,०/-
इच्छुक व्यक्तिहरुले तोकिएको शुल्क बुझाई आफ्नो नाम दर्ता गराई सिट सुरक्षित गर्नुपर्नेछ। सिट सीमित भएकाले पहिला नाम दर्ता गराउनेलाई प्राथमिकता दिइने एसोसिएसनले जनाएको छ।
थप जानकारीका लागि सचिव चन्द्र प्रसाद गुरागाई ९८५११७४३५५, सह सचिव मिरा महर्जन ९८५१२७००६, कोषाध्यक्ष इन्दु पाण्डेय ९८४१७१३८४२ लगायतमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर: ०१-५५५५३२६
इमेल: info@lalitpurbarassociation.org.np

