साउन ६ नेपाल ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिड खोला जलविद्युत आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई मिति २०८३/०४/०६ मा पठाएको पत्रअनुसार मिति २०८३/०४/०५ गते राति ११:०० बजे आएको बाढी तथा पहिरोका कारण आयोजनाको हेडवर्क्सका अधिकांश संरचनाहरूमा क्षति पुगेको हो ।

कम्पनीका प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काद्वारा हस्ताक्षरित पत्रमा हेडवर्क्समा क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी दिइएको छ ।

पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लि. र ग्लोबल आइएमई क्यापिटल लि.लाई पनि पठाइएको छ ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको रजिष्टर कार्यालय बालुवाटार, काठमाडौंमा रहेको छ । बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण र मर्मतपछि उत्पादन कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा कम्पनीले थप जानकारी दिएको छैन ।