साउन १, नेपाल ।
नेपाल सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र लगाउन निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिति २०८३/०३/३२ मा सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार र स्थानीय तहमा पत्राचार गर्दै यस्तो व्यवस्था गर्न/गराउन अनुरोध गरेको हो।
पत्रमा के छ?
१. आधार: राष्ट्रिय सतर्कता केन्द्रको मिति २०८३/०३/२६ को पत्रलाई आधार मानेर यो निर्णय गरिएको हो।
२. निर्देशन: राष्ट्र सेवक निजामती कर्मचारीहरूले कार्यालय समयमा नेपाल सरकारद्वारा तोकिएको किसिम रङको पोशाक अनिवार्य लगाउनुपर्नेछ।
३. परिचयपत्र: सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र पनि अनिवार्य रूपमा लगाउनुपर्नेछ।
४. उद्देश्य: सार्वजनिक निकायमा कार्यरत कर्मचारीको पहिचान र अनुशासन कायम गर्नका लागि यो व्यवस्था गरिएको बुझिन्छ।
मन्त्रालयले यो निर्णय कार्यान्वयनका लागि सबै निकायलाई परिपत्र गरेको छ। बोधार्थमा राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयको सूचना प्रविधि शाखालाई पनि जानकारी दिइएको छ।
पत्रमा शाखा अधिकृत भावेन्द्र काकीको हस्ताक्षर छ।

