असार २३ नेपाल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निजामती कर्मचारीका ८ वटा ट्रेड युनियनलाई सरकारको स्वामित्वमा रहेको जग्गा र भवन ३ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
किन दिइयो सूचना ?
नेपाल सरकारले मिति २०८३/०१/२० मा प्रकाशित “नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” बमोजिम निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेका निजामती कर्मचारीहरूको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ।
त्यसै आधारमा मन्त्रिपरिषद्को २०८२/०३/०९ को निर्णय अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा भवन तथा अन्य संरचना निर्माण गरी उपयोग गर्दै आएका युनियनहरूको निस्सारता सेवा ऐन बमोजिम अन्त्य भएकाले प्राप्त जनताको भोगाधिकार समेत हुने निर्णय भएको थियो।
के छ मन्त्रालयको निर्णय ?
मन्त्रालयका अनुसार क्षम तथा व्यवस्थापन सुरक्षा विभागको २०८३/०३/२३ को निर्णय बमोजिम ८ वटा कर्मचारी युनियनहरूको दर्ता खारेज भइसकेको छ।
त्यसैले खारेज भएका युनियनहरूले सरकारको जग्गा भोगाधिकार प्राप्त गरी सो जग्गामा निर्माण गरेको भवन तथा अन्य संरचना र बहालमा दिएको भए सो समेत यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र पूर्ण रूपमा खाली गर्नुपर्ने उल्लेख छ।
कुन-कुन युनियनको नाम छ ?
सूचनामा उल्लेख भएका युनियनहरू:
1. स्वतन्त्र राष्ट्रिय कर्मचारी संगठन – दर्ता नं. ५३०
2. नेपाल मधेशी निजामती कर्मचारी संघ – दर्ता नं. २३१
3. नेपाल निजामती कर्मचारी संगठन – दर्ता नं. २१४
4. नेपाल निजामती कर्मचारी युनियन – दर्ता नं. २१५
5. नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन – दर्ता नं. २२१
6. एकीकृत सरकारी कर्मचारी संगठन नेपाल – दर्ता नं. ५२३
7. नेपाल स्वास्थ्यकर्मी संघ – दर्ता नं. २७२
8. मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल – दर्ता नं. २८४
के गर्ने भनिएको छ ?
तोकिएको म्यादभित्र जग्गा, भवन खाली गरी कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ।
साथै, तोकिएको म्यादभित्र खाली नगरे प्रचलित कानून बमोजिम हुने कारबाही समेत हुने चेतावनी मन्त्रालयले दिएको छ।

