माघ २ नेपाल ।

हिजो मिति २०८२ माघ १ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली मा केही प्राविधिक समस्या आएको र मर्मत कार्य जारी रहेकोले सो कार्य पुरा नभएसम्म विभाग सम्बद्ध देहायका सेवाहरू अवरूद्ध भएको व्यहोरा सबै सरोकारवाला एवम् सेवाग्राहीहरूको लागि राष्ट्रिय परिचयपत्र तथा पन्जिकारण बिभागले सूचना जारी गरेकोन छ। मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारू हुने बिभागले जानकारी दिएको छ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण सम्बन्धी कार्य अफलाईन मार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन समेत राष्ट्रिय परिचयपत्र सेवा इकाई हरूलाई जानकारी गराएको छ।

सो कार्य अफलाईन मार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीहरूलाई अनलाईन सेवा सूचारू भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएस मार्फत प्राप्त हुने र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध हुन गएकोले सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति राष्ट्रिय परिचयपत्र तथा पन्जिकारण बिभागले क्षमा मागेको छ।

अवरूद्ध हुने सेवाहरूः

क. अनलाईन मार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणवाट प्रमाणीकरण सेवा,राहदानी, बैंक तथा वित्तीय संस्था, कम्पनी रजिष्ट्रार, नागरिक एप, वैदेशिक रोजगार, राष्ट्रिय किताबखाना, स्थायी लेखा नम्बर (प्यान नम्बर) लगायत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली सँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरू रहेको राष्ट्रिय परिचयपत्र तथा पन्जिकारण बिभागले सूचना मार्फत जनाएको छ।