पुस ९ नेपाल ।

नेपाल टेलिकमको मिति २०८२ पुस ८ गते बसेको सञ्चालक समितिको १०८९ औं बैठकले आ.व. २०८१/८२ को खुद मुनाफाबाट कम्पनीका सेयरधनीलाई प्रतिसेयर तिस रुपैयाँ का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने तथा नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि नगद लाभांश वितरण गर्नको लागि मिति २०८२ पौष ३० गते हुने १८ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको व्यहोरा नेपाल टेलिमले जानकारी दिएको छ।