पुस ३ नेपाल ।

नेपाल इन्स्योरेन्सको आज २०८२ पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठक नं ०७(२०८२/८३) को निर्णयानुसार आ.व. २०८१/८२ को वितरणयेग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु.२,५४,८५,७५,००५/- को ६.३१५८ प्रतिशतका दरले हुने रु.१६,०९,६२,६३१.८७ (अक्षरुपी सोह्र करोड नौ लाख बैसठ्ठी हजार छ सय एकतीस र पैसा सतासी मात्र) नगद लाभांश कर सहित नियमनकारी निकायको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।