पुस २ नेपाल । शिखर इन्स्योरेन्सको मिति २०८२ पुस १ गते सम्पन्न कम्पनीको संचालक समितिको ३६६ औं बैठकबाट कम्पनीको आ.व.२०८११८२ सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,९२३,०९९,००० मा ६ प्रतिशतका दरले रु. १७५,३८५,९४० बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतका दरले नगद लाभांस रु ९,२३१,१४७ गरी कुल ६.३१५८ प्रतिशतका दरले रु.१८४,६१७,०८७ को लाभांस प्रस्ताव गर्ने निर्णय भएको व्यहोरा कम्पनीले सार्वजनिक रुपमा जानकारी गराएको छ ।
प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणवाट स्विकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ।

