पुस १ नेपाल ।
चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०८२ मंसिर २९ गते बसेको ८५ औं संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम कम्पनीको १६ औं वार्षिक साधारणसभा २०८२ साल पौष २३ गते बुधवार दिनको ११.०० बजे चन्द्रागिरि हिल्स लिमिटेड, बटम स्टेशन परिसर थानकोट, काठमाण्डौमा हुने चन्द्रागिरी हिल्सले जनाएको छ ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को वासलात, आयव्यय हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को बाह्य लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत ले हुन आउने रु ४०,३७,०८२ नगद लाभांश वितरण गर्ने ।
संचालक समितिका स्वतन्त्र संचालक सदस्यको नियुक्ति अनुमोदन गर्ने । संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/०८२ को वितरण गर्न योग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । कम्पनीको आ.व. २०८१/०८२ को प्रस्तावित बोनस शेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने ।कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पूँजी संरचना संसोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा । प्रभु बैंक लिमिटेडबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने ।चन्द्रागिरी हिल्सले जनाएको छ।
