मंसिर २६ नेपाल । एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८२ मंसिर ८ गते बसेको ५३७औं बैठकले नेपाल राष्ट्र बैंकबाट आ.व. २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएपश्चात वार्षिक साधारणसभा बोलाउने अख्तियारी प्रवन्ध संचालकलाई प्रदान गरे बमोजिम बैंकको ३२औं वार्षिक साधारणसभा मिति २०८२ साल पौष १८ गते शुक्रबारका दिन विहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बस्ने तयारी भएको बैंकले जनाएको छ।
सो प्रयोजनका लागि मिति २०८२ पुस ४ गते १ (एक) दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द रहने बेहोरा बैंकले जानकारी दिएको छ।

