मंसिर २५ नेपाल ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ मंसिर २४ गते बसेको सञ्चालक समितिको २४४ औं बैठकको निर्णय वमोजिम आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तको कुल चुक्ता पूँजी रु. १,३४,४८,७१,३२३ को लाभांश दिने जानकारी दिएको छ ।
नगद लाभांशः ६.५ प्रतिशतले हुने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत गरी) रु. ८,७४,१६,६३६ (अक्षरेपि आठ करोड चौहत्तर लाख सोह हजार छ सय छत्तिस मात्र)
कुल लाभांशः ६.५ प्रतिशतले हुने कुल लाभांश (नगद लाभांशमा लाग्ने कर समेत गरी) रु. ८,७४,१६,६३६ (अक्षरेपि आठ करोड चौहत्तर लाख सोह हजार छ सय छत्तिस मात्र)
