मंसिर २५ नेपाल ।
कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको ३८५औं बैठकले आ.व.२०८१/०८२ सम्मको वितरण योग्य मुनाफा रकमबाट यस वित्तीय संस्थाका शेयरधनीहरूलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लागु हुने गरी यस वित्तीय संस्थाको हालको चुक्ता पुँजी रू.१,८६,८२,८५,६९६/०८ (अक्षरेपी एक अर्व छयासी करोड बयासी लाख पचासी हजार छ सय छ्यानब्बे रूपैया र पैसा आठ मात्र) मा देहाय बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।

