मंसिर २५ नेपाल ।
कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको संचालक समितिको ३९औं बैठकको निर्णयानुसार कम्पनीको नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृती तथा २८औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात आ.व. २०८१/८२ को वितरण योग्य मुनाफावाट कम्पनीको हाल कायम चुक्ता पूंजी रु.३,०२,९३,३४,६३९।- (अक्षरेपी तीन अरब दुई करोड त्रियानव्य लाख चौतिस हजार छ सय उनान्चालिस रूपैया मात्र को ५ प्रतिशतका दरले हुन आउने रू.१५,१४,६६,७३१।९५।- (अक्षरेपी पन्ध्र करोड चौध लाख छैसठ्ठी हजार सात सय एकतिस र पैसा पन्चानब्बे मात्र) (नगद लाभांशमा लाग्ने कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको आ.व.२०८१/८२ को वित्तिय विवरण स्वीकृतीका लागि नियमनकारी निकाय श्री नेपाल वीमा प्राधिकरणमा पेश गर्ने निर्णय भएको व्यहोरा कम्पनीले जानकारी फिएको छ।
