मंसिर २४ नेपाल ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा कार्यालयमा आगजनी भई सम्पूर्ण सेवाहरु अवरुद्ध भएकोमा विभिन्न मितिमा कार्यलयबाट प्रकाशित भएका सूचना अनुसार क्रमिक रुपमा सेवा सुचारु हुँदै आएको यातायात कार्यलयले जनाएको छ ।

मोटरसाइकल, स्कूटर, मोपेडहरु सम्बन्धित सेवाहरु श्री यातायात व्यवस्था विभागबाट सञ्चालित ईभिआरएस अनलाइन सेवा हालसम्म सञ्चालनमा नआएको हुँदा सो सवारी साधनसँग सम्बन्धित अफलाईन दर्ता भएको सवारीको नविकरण बाहेकको सेवा अवरुद्ध रहि आएकोले सेवाग्राहीमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै कार्यालयको निर्णयानुसार हाललाई पहिलो चरणमा आंशिक सेवाका रुपमा कार्यालयमा दर्ता भएको प्रदेश २ तथा मधेश प्रदेश ०१-००१ प देखी मधेश प्रदेश ०१-००५ पब हाल सम्मको अनलाइन लटको सवारी साधनहरुको अभिलेख कायम गर्ने कार्य मिति २०८२ मंसिर २६ देखी शुरु गरी सो सवारीहरुको नामसारी गर्ने कार्य सोही मिति देखी सुचारु हुने यातायात कार्यलयले सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागी सूचना प्रकाशित गरेको छ।