मंसिर २१ नेपाल ।
रसुवागढी हाइड्रोपावर कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा वग्ने भोटेकोशी नदिमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट मिति २०८१/०९/१६ देखि व्यापारीक रुपमा विद्युत उत्पादन भइरहेकामा मिति २०८२ साल आषाढ २४ गते आयोजनाको श्रोत नदी भोटेकोशीमा आएको ठूलो हिम बाढीका कारण आयोजना/जलविद्युत केन्द्रका संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुग्दा श्रृजित काबु बाहिरको परिस्थितिका कारण जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द हुनपुगेकोमा सोको पुनःस्थापनाका लागि कठिन भौगोलिक अवस्थिति तथा लामो वर्षातको प्रतिकुल मौसमको सामना गर्दै गरिएको अथक प्रयासहरुका बावजुत मिति २०८२ साल मंसिर २० गते देखि एउटा युनिटवाट विद्युत उत्पादन शुरु भई राष्ट्रिय प्रशारण लाइनमा प्रशारण भएको कम्पनीले जनाएको छ ।

क्षति भएका सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको मर्मत संभार तथा पुनःस्थापनाका कार्यहरु समेत संगसंगै अघि बढाइएकाले नदीको बहावमा हुने परिवर्तनका आधारमा क्रमशः अन्य युनिटहरुबाट पनि विद्युत उत्पादन गर्दै जाने कम्पनीको योजना रहेको व्यहोरा समेत कम्पनीले जानकारी गराएको छ ।