मंसिर २१ नेपाल ।
नविल बैंक लिमिटेडको मिति २०८२ मंसिर १९ शुक्रवार बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा बसेको सञ्चालक समितिको ६९४ औं बैठकले २०८२ साल आषाढ मसान्तमा समाप्त आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट, नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त भएमा, शेयरधनी महानुभावहरुलाई चुक्ता पूँजीको १२.५०% नगद लाभांश (अर्थात प्रति कित्ता शेयर बराबर रु.१२.५० का दरले) (कर समेत) वितरण गर्न आगामी साधारण सभामा प्रस्ताव गर्ने निर्णय गरेको ब्यहोरा नविल बैंक लिमिटेडले जनाएको छ ।