मंसिर १५ नेपाल। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका कर्मचारी निरज लम्साललाई मिति २०८२ मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान भएको छ।