मंसिर १५ नेपाल । इण्डियन आयल कर्पोरेशनबाट मंसिर १४ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु. १।४४ ले घटेर आएको र हवाई इन्धनमा प्रति लिटर रु. ५।६२ ले बढेर आएको भन्दै निगम सञ्चालक समितिको मिति २०८२ मंसिर १४ गते बैठक बसी आज २०८२ मंसिर १५ को बिहान देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु. १।०० ले घटाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६।०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले बढाईएकोछ । पेट्रोल तथा एल. पि. ग्यासको विक्री मूल्य यथावत राखेको छ। 
