मंसिर १४ नेपाल । राष्ट्रिय सभाका पूर्व सदस्य, नेपाल महिला संघ चितवनकी पूर्व अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य कृष्णकुमारी श्रेष्ठको मंसिर १० गते ८४ वर्षको उमेरमा भएको निधनप्रति नेपाली काग्रेसले दुःख व्यक्त गरेको छ ।

स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहांको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुऱ्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्‌नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको नेपाली काङ्ग्रेसले शोक वक्तव्य निकालेर जनाएको छ