मंसिर ९ नेपाल । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको मिति २०८२ मंसिर ८ गते बसेको सञ्चालक समितिको ०८२/०८३ को १० औं बैठकको निर्णय नं. १ बमोजिम अन्य जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीले हालै घोषणा गरिएको बोनस शेयर वितरण पश्चात कायम हुने शेयरको १:१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने कम्पनीले घोषणा गरेको छ ।
उक्त हकप्रद शेयर निष्कासन बाट संकलित बाँकी रमकले कम्पनीको ऋण चुक्ता गर्ने निर्णय भएको र उक्त निर्णय अनुमोदनका लागि कम्पनीको आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको सिंगटी हाईड्रो इनर्जी कम्पनीले जनाएको छ।

