मंसिर ७ नेपाल । एनएमबि बैंक लिमिटेडको मिति २०८२ मंसिर ५ गते शुक्रबार बसेको संचालक समितिको ४९९औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसारको वितरण योग्य रकमबाट शेयरधनीहरुका लागि हालको शेयर चुक्ता पूँजी रु.१८,३६,६७,०५,९५९/२४ को हकमा नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लागू हुने गरी लाभांश वितरण गर्ने जानकारी दिएको छ।