मंसिर ५ नेपाली । तमोर इनर्जि प्रा.लिले ताप्लेजुङ जिल्ला स्थित तमोर नदिमा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने उद्धेश्यले कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,२०,५०,००,०००/- को ५% को दरले हुने (कर बाहेक) रु.११,०२,५०,०००।- (अक्षरेपी एघार करोड दुई लाख पचास हजार मात्र) बराबरको ११,०२,५०० ( एघार लाख दुई हजार पाँच सय) कित्ता बोनस शेयर वितरण गरे पश्चात कायम हुने जम्मा शेयर पूजि रु २,३१,५२,५०,०००।-को प्रति शेयर अंकित मुल्य रु.१०० दरको २,३१,५२,५०० कित्ता शेयरको २:१ को अनुपातमा रु १०० अंकित दरका १,१५,७६, २५० थानको रु. १,१५,७६,२५,०००।- (एक अर्व पन्द्र करोड छयहतर लाख पच्चिस हजार मात्र) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्ने भएको छ।
आगामी बार्षिक साधारण सभामा हकप्रद शेयर स्वीकृतीका लागी विशेष प्रस्तावको रुपमा पेश गर्ने र स्वीकृत भए पश्चात मात्र हकप्रद शेयर निष्काशनको लागी आव्हान गर्ने संचालक समितिको को मिति २०८२ मंसिर ४ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भएको ब्यहोरा सुपर मादी हाइड्रोपावर कम्पनीले
जानकारी दिएको छ।
