मंसिर ४ नेपाल । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. संचालक समितिको मिति २०८२ मंसिर ३ गते बसेको ४६७औं बैठकबाट “वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तको वितरण योग्य नाफाबाट सो समयमा कायम चुक्ता पूँजी रु.१ अरब ६५ करोड ६६ लाख २५ हजारमा देहाय बमोजिम लाभांश सेयरधनीहरुलाई वितरण गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने” निर्णय गरिएको कम्पनीले जनाएको छ ।
नगद लाभांश प्रतिशत: ४.३६३५ प्रतिशतले हुन आउने रकम रु. ७,२२,८७,५००।- (अक्षरेपि सात करोड बाइस लाख सतासी हजार पाच सय) (लाभांशमा कर सहित) र बोनस सेयर प्रतिशत ५.६३६५ प्रतिशतले हुने ९,३३,७५० कित्ता बराबरको रकम रु. ९,३३,७५,०००।- (अक्षरेपि नौ करोड तेत्तीस लाख पचहत्तर हजार) । संस्थाका सेयर धनिहरुलाई नेपाल राष्ट्र बैंक द्वारा स्वीकृत भएपछि लाभांश बितरण गर्ने संस्थाले जनाएको छ।

