मंसिर ४ नेपाल । सुपरमाई ए जलविद्युत आयोजना (९.६ मे.वा), मा मिति २०८२ साल आश्विन १८ गते आएको बाढीले क्षति पुर्याएकोले सो मितिदेखि विद्युत उत्पादन बन्द भएको र अहिले आयोजनाको पुन: निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भई मिति २०८२ मंसिर ०३ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको व्यहोरा सुपरमाई ए जलविद्युत आयोजनाले जनाएको छ।