कात्तिक २८ नेपाल । भदौ २३ र २४ गते ´भ्रष्टाचार र सुशासनका मागसहित भएको ‘जेनजी आन्दोलन’मा फिल्मकर्मी, टिकटकर, युट्युबर र अन्य इनफ्लुएन्सरहरू गरी धेरै कलाकर्मीहरू सहभागी बने। कतिपयले सामाजिक सञ्जालमार्फत समर्थन जनाए भने कतिपय सडकमै उत्रिए`।

´नेपाली सेनाले यी आन्दोलनमा प्रत्यक्ष सहभागी भएका ४५ जना कलाकर्मीहरूको सूची आन्तरिक अभिलेखका लागि तयार गरेको छ। सेनाका अनुसार यो सूची केवल आवश्यक पर्दा पहिचान गर्न सजिलो होस् भनेर बनाइएको हो, र यसका आधारमा कुनै अनुसन्धान सुरु गरिएको छैन`।

´प्रत्यक्ष सहभागीमध्ये निश्चल बस्नेत, रिमा विश्वकर्मा, विजय लामा, अमनप्रताप अधिकारी, कालीप्रसाद बाँसकोटा, चेतन सापकोटा आदिका नाम छन्।
त्यस्तै सामाजिक सञ्जालमार्फत समर्थन जनाउनेमा हरिवंश–मदनकृष्ण आचार्य, ऋचा शर्मा, अनमोल केसी, प्रियंका कार्की लगायत छन्`।

´एक उच्च सैनिक अधिकारीका अनुसार यो संस्थागत निर्णय नभई व्यक्तिगत रूपमा तयार गरिएको गैर-आधिकारिक सूची हो`। नेपाल कम्युनिस्ट पार्टी एमालेका नेत्ता महेस बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गर्नु भएको छ।