कात्तिक २६ नेपाल । करिब पाँच सय जना नागरिकलाई रोजगारी दिईरहेको होटल हायतमा मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा होटलमा आपराधिक समुह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट होटल पुर्ण रुपमा बन्द रहेको व्यहोरा होटलमा कार्यरत श्रमिकहरुलाई होटल ह्ययतले अवगत गराएको छ।
होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षेतिग्रस्त भई पुर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पुर्ण रुपले बन्द रहने व्यहोरा सम्पूर्ण श्रमिकहरूलाई पुनः जानकारी गराउने होटेल ले भनेको छ।
भाद्र २४ को घटनाका क्रममा होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समुहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तराष्ट्रिय जगतमानै होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको होटेल ह्ययतले जनाएको छ।
कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधी भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति थपिएको भन्दै होटेलले चिन्ता व्यक्त गरेको छ ।
होटलको गम्भीर परिस्थितिमा श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरु सँग छलफल समेत गर्दा कुनै निष्कर्शमा पुग्न नसकेको अवस्था रहेकोले होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यबस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले अर्को सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखी लागु हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्ने हायत होटलले सूचना प्रकासित गरेको छ।
!!सूचना!!

