२०८२ कात्तिक २० नेपाल । जिल्ला प्रहरी कास्किले अपिल जारी गर्दै अनलाईन ठ्गि बाट जोगिन निम्न सावधानी अपनाउनुहोस भन्दै भनेको छ: पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा अनलाईन ठगीका निवेदनहरु व्यापक रुपमा बढ्दो क्रममा रहेकोले अनलाईन ठगीबाट जोगिन निम्नानुसारको साबधानी अपनाउनु हुन तथा सचेत रहनुहुन हार्दिक अनुरोध गर्दछौ ।

१. अनलाइनबाट सामान खरिद गर्दा सकभर क्यास अन डेलिभरी तरिकाले गर्नुहोस्, भरपर्दो विक्रेताबाट मात्र कारोवार गर्ने, महंगो सामानहरु अपत्यारिलो सस्तो मूल्यमा पाएमा Scam वा चोरीको सामान हुन सक्ने हुँदा सतर्क रहनुहोस् ।

२. अनलाईनमा सस्तो दरमा सामानहरु देखाई अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन सेयर गर्न लगाई ओटिपि लिई खाता ह्याक गरी ठगी गर्ने हुँदा कसैलाई पनि आफ्नो मोवाईलको स्क्रिन सेयर नगर्ने ।

३. कोही साथीभाई वा आफन्तको आईडीबाट विभिन्न समस्या दर्साई सामाजिक सञ्जालमा आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी एकिन गरेर मात्र सहयोग गर्ने ।

४. अपरिचित व्यक्तिले विदेशबाट गिफ्ट पठाएको / बहुमूल्य सामान पठाएको छु केही रकम भन्सार तिर्नु पर्छ भन्ने कुराको विश्वास नगर्ने र रकम समेत नपठाउने ।

५. ट्याक्स अफिस, भन्सार कार्यालयमा पार्सल रोकिएकोले ट्याक्स बापतको पैसा हाल्न भनेमा सम्बन्धित कार्यालयमा स्वयं टेलिफोन गरी एकिन गर्ने ।

६. सामाजिक सञ्जालमा अनलाईन जबको बाहाना बनाई लगानी गरेमा दोब्बर फाईदा हुन्छ भनी पैसा हाल्न लगाउने तथा ठगी गर्ने हुँदा सजग रहने ।

७. बैदेशिक रोजगारीको लागि भरपर्दो माध्यम चयन गर्ने, पैसा दिँदा बैंक मार्फत स्पष्ट बैदेशिक रोजगारीको लागि कारण खुल्ने गरी कारोबार गर्ने ।

८. सामाजिक सञ्जाल लगायत बैंकिङ एपहरुमा कठिन पासवर्ड सेट गर्ने ।

९. अपरिचित व्यक्तिको फ्रेन्ड रिक्युस्ट एसिप्ट नगर्ने, कुराकानी गर्नु परेमा आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्ने, आर्थिक सहयोग लगायत कुनै पनि बाहानामा नफस्ने ।

१०. सामाजिक सञ्जालमा आएका अपरिचित कलहरु रिसिब नगर्ने, सामाजिक सञ्जालमा आएका अपरिचित लि‌ङ्कहरु नखोल्ने । जिल्ला प्रहरी कार्यलय कास्की द्वारा जारी अपिल पत्रमा भनिएको छ।