२०८२ कात्तिक १७ नेपाल । बैंकको सञ्चालक समितिको मिति २०८२/०७/१७ आज सोमबारका बिहान ९:०० बजे देखि १०:०० बजेसम्म बसेको ६३५ औं बैठकले आर्थिक बर्ष २०८१/०८२ को मुनाफा रकम बाट २०८२ असार मसान्तमा कायम रहेको चुक्ता पूंजी रु. ४,२९,६४,५८,१५८/- (अक्षरेपी चार अर्ब उनन्तीस करोड चौसठ्ठि लाख अन्ठाउन्न हजार एक सय अन्ठाउन्न मात्र) को १०.३७ प्रतिशतले हुन आउने रु.४४,५५,४२,७१०/९८ (अक्षरेपी चौवालिस करोड पचपन्न लाख वयालिस हजार सातशय दश र पैसा अन्ठानब्बे मात्र) कूल लाभांश मध्ये ५.०० प्रतिशतले हुन आउने रु.२१,४८,२२,९०७/९० (अक्षरेपी एक्काईस करोड अठचालिस लाख वाईस हजार नौशय सात र पैसा नब्बे मात्र) वोनश शेयर र. ५.३७ प्रतिशतले हुन आउने रु. २३,०७,१९,८०३/०८ (अक्षरेपी तेइस करोड सात लाख उन्नाईस हजार आठशय तिन र पैसा आठ मात्र) नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) बितरण गर्ने निर्णय भएको र सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई संस्थाको २४ औं बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जारी गरेको पत्रमा उल्लेख रहेको छ ।