२०८२ कात्तिक १० नेपाल । नेपाली हिन्दुहरुको महान चाड दिपावलीमा बौद्ध महाचैत्य परिसरमा आतिसवाजी गर्ने क्रममा बौद्ध महाचैत्यको छत्रावलीमा रकेट बम (पटका) प्रहार गरेको सामाजिक सञ्जालमा भाईरल भई रहेको दृष्यले धार्मिक तथा आध्यात्मिक धरोहर माथी प्रहार भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ: सो घटना प्रति बौद्धनाथ क्षेत्र विकास समितिको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त घटनाले सम्पूर्ण बौद्धमार्गीहरु र धरोहरलाई माया गर्नेहरुको मनमा ठेस पुगेको छ। पवित्र धरोहरमाथी यस प्रकारको कार्यलाई बौद्धनाथ क्षेत्र विकास समितिले उछृङ्खल र आस्थामा प्रहार भएको भन्ने लिएको छ। त्यसकारण यस्ता कार्य गर्ने जो कोहि व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्नु पर्ने बौद्धनाथ क्षेत्र विकास समितिले प्रेस बिज्ञप्ति जारी गर्दै माग गरेको छ् ।

