२०८२ कात्तिक ९ नेपाल । सेयर बजार परिसुचक नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर बन्द भएको छ् । आज दुई अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।कारोबार रकम भने घटेको छ् ।

बैंकहरुमा निक्षेप जम्मा हुने क्रम बढ्दो छ् तर ऋण लिन ठुला ब्यापारी उद्योगी नआएपछि बैंकमा पैसा थुप्रीएर तरलता बढेको छ् । राष्ट्र बैंकले बजारमा तरलता नियन्त्रण गर्ने नाममा आज ९० अर्व निक्षेप खिच्दै गरेको समाचार रहेको छ् । सेयर बजारमा एउटा् चाख लाग्दो कुरा भनेको राष्ट्र बैंकले तरलता खिचेको सूचना आउने बित्तिकै सेयर बजार नेप्से कि घट्ने कि त स्थिर रहने गरेको देखिन्छ ।