२०८२ कात्तिक ५ नेपाल ।´श्रीमान् महानिरीक्षकज्यू, नेपाल प्रहरी मुख्यालय, नक्साल, काठमाडौँ।

विषयः प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी कानुनी छानबिन गर्न माग सम्बन्धमा ।

श्रीमान्,
विनम्र निवेदन यो हो कि हालकी प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी विद्रोहको क्रममा देशका युवाहरूको रगत माथि सत्ता कु गरेर प्रधानमन्त्री पदमा आसिन भएको अवस्था छ। उहाँको यो कदमले कानुनी परम्परा र जनताको म्यानडेटको स्पष्ट उल्लङ्घन गरेको छ। यसरी अवैधानिक तरिकाले सत्ता कब्जा गर्नु देशको गरिमा, गोपनीयता र राष्ट्रिय मर्यादाविपरीत भएको, र यसले गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गरेको देखिन्छ।

उहाँको नेतृत्वमा बनेको मन्त्रिपरिषदका सदस्यहरू स्वयं बलिदानको अवमूल्यन गर्ने, विभिन्न दात्री निकायसँग रहेर नेपाल राष्ट्रका विरुद्ध गतिविधि गरेका साथै भ्रष्टाचार प्रकरणमा राज्यका विभिन्न निकायमा छानबिन क्रममा रहेका पात्रहरु छन्।

अझ गम्भीर कुरा, जेन्जी विद्रोहका क्रममा निर्दोष नेपाली युवामाथि गोली चलाउने, हत्या र दमनमा संलग्न अपराधीहरूलाई संरक्षण र प्रोत्साहन दिइएको, र तिनै व्यक्तिहरूलाई फेरि निर्वाचनका नाममा बोलाएर अभिनय गर्न लगाई बलिदानीको रगत माथि राजनीति गर्ने कार्य भइरहेको छ। स्वयं सुशीला कार्कीले जेन्जी पुस्ताको आन्दोलनमा आएर प्रायोजित रुपमा आम हत्या भएको भनेर समग्र आन्दोलनकारीलाई उक्साएर द्वन्दतर्फ लैजाने गरेको कर्तुत समेत सार्वजनिक भइसकेको छ

त्यसैगरी, सुशीला कार्कीले सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको रूपमा रहँदा पार्टीका कार्यकर्ताहरुलाई न्यायाधीश नियुक्त गर्ने, न्यायालयको स्वतन्त्रता कमजोर पार्ने र विभिन्न भ्रष्टाचार प्रकरणहरूमा संलग्न भएको ठोस आरोपहरू सार्वजनिक भएका छन्।

यी सबै कार्यहरूले हाम्रो देश, कानुन, नैतिकता र राष्ट्रिय स्वाभिमानमाथि प्रत्यक्ष प्रहार गरेको छ।

अतः, देश र जनताको हितका लागि प्रधानमन्त्री सुश्री सुशीला कार्कीलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र खुला कानुनी छानबिन गर्न हार्दिक माग गर्दछौं। अपराधी जुनसुकै पदमा भए पनि कानुनी उत्तरदायित्वबाट उम्कन नपाओस् भन्ने हाम्रो दृढ विश्वास छ। यस विषयमा तत्काल र निष्पक्ष कार्यवाही होस् भन्ने अनुरोध गर्दछौं।` रबि किरण हमाल द्वारा हस्ताक्षर भएको पत्रमा लेखिएको छ्। (क्रान्ति)