२०८२ कात्तिक ४ नेपाल । ´जाग नेपाली जाग,हामि बहादुर पुर्खाका सन्तान हौं। नेपाली किन यत्ति कमजोर ? हामि त हाम्रा पुर्खाका सन्तान हौं । के हामिलाई कसैको अध्ययनले मात्रै समाप्त नै पार्न सक्ला त ? होईन अब हाम्रा मानिसहरु पनि बिद्वान छन् । हामि नेपालीहरु आफै माथि उठन सक्छौं, अब मौलिकता, संस्कृति परम्परालाई अँगालेर नेपालीहरुले नेपाल बनाऔं। नेपाल जस्तो संसारमा कुनै देशै छैन। संसारले नाकाबन्दी गरे पनि नेपाललाई केही असर पर्ने छैन किनकि प्रकृतिको साथ छ` ।

´नेपाल भनेको श्रृष्टीको शिर हो। हाम्रा अगाडी शिव छन। शिवको अगाडी मानिसहरुले गरेको राम्रा कामहरु मान्य होलान तर नराम्रो के नै गर्न सक्छन होला त? शिब जी को आशिर्बाद हामिलाई रहनेछ । नेपाल संसारमा सदैव संसारको श्रीपेच भएर बस्नेछ। हाम्रो व्यवस्था संसारका अरुले सिक्ने बनाउने हो। यो मातृभूमि अभियानको एउटा एजेण्डा हो` । (क्रान्ति)